रवि लामिछानेको प्रश्न : एउटै भवनको झ्याल र कोठा-कोठामा १८ मन्त्रालय किन चाहियो ?

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बागमती प्रदेशको राजधानी हेटौँडामा एउटै भवनको झ्याल-झ्याल र कोठा-कोठामा मन्त्रालयहरू राखिएको भन्दै कटाक्ष गरेका छन्  । उनले प्रदेश संरचनालाई व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

हेटौँडामा आज (शुक्रवार) आयोजित पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले प्रदेश सरकारलाई आफ्नो कार्यकर्ता पोस्ने स्थान बनाइएको आरोप लगाए । उनले बाग्मती प्रदेशका १८ जना मन्त्रीलाई साँढेको संख्या समेत दिए । उनले भने, ‘यो प्रदेशलाई १८-१८ जना साँढे भन्छु म, माफ गुर्नहोला मेरो शब्दलाई, १८-१८ जना साँढे किन चाहिन्छ ? यदि यसलाई सही ढङ्गबाट चलाउन सकेको भए, चुस्त तरिकाले चलाउन सकेको भए, यसलाई खर्च कम हुने र नागरिकसम्म पुग्न सकेको भए एउटा अर्को तह हुन सक्थ्यो ।’

भेलालाई सम्बोधन गर्दै लामिछानेले नागरिकलाई विभिन्न झुटा आश्वासन देखाएर नागरिककै पसिनाको पैसा उठाएर खानेहरूको खाता खोलेर हिसाब गर्नुपर्ने समय आएको बताए । मकवानपुरमा सुरुङ मार्गको झुटा आश्वासन देखाएर पैसा खानेहरू र उद्योग कलकारकाखा बन्द गर्नेहरूका खाता खोलेर हिसाब निकाल्ने समय आएको उनको भनाइ छ ।

‘हेटौँडा कपडा उद्योग जहाँ ११ सय जनाभन्दा बढी मानिसले रोजगारी गर्थे, तिनका परिवार चलेको थियो’, उनले भने, ‘आफूले बनाउनु त कहाँ हो ? अर्काले बनाइदिएको उद्योग पनि चलाउन नसकेर बन्द गरिदिए । त्यसको हिसाब खोज्न म हेटौँडामा उभिएको छु ।’ उहाँले हेटौँडा सिमेन्ट उद्योग पनि घाटामा गइरहँदा बन्द हुने अवस्थामा पुगेको बताए । लामिछानेले हेटौँडामै भएको निजी सिमेन्ट उद्योगहरू नाफामा जाँदा सरकारी उद्योग भने महिनामै करोडौँ रुपैयाँ घाटामा जानुपर्ने कारणको खोजी गर्नुपर्ने र हिसाब गर्नुपर्ने बताए ।

यसैगरी सभापति लामिछानेले बाग्मती प्रदेशमा एउटै प्रदेशमा १८ जना केका लागि भन्दै प्रश्न समेत गरेका छन् । उनले आउँदो मंसिर ४ गते हुने चुनावमा आफ्नो पार्टीलाई जिताएर सरकारमा पुर्‍याउन अनुरोध पनि गरे । सही नेतृत्व चुन्न सके मात्र देश परिवर्तन हुन सक्ने उनको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पुतलीसडकमा भ्यानसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । बागमती …

प्रतिकृया दिनुहॊस