एनएमबीको म्युचअल फन्डको आवेदन आजबाट खुला

काठमाडाैँ । एनएमबी क्यापिटल लिमिटेडले बिहीबारबाट म्युचुअल फन्ड निष्कासन गर्दै छ। एनएमबी क्यापिटलले एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड-२ नामक म्युचुअल फण्ड निष्कासन गर्न लागेको जनाएको छ।

सोअनुसार प्रति इकाई १०० रुपैयाँ दरको १२ करोड इकाई बराबरको म्युचुअल फन्ड निष्कासन गर्न लागेको हो। बैंकले दिएको जानकारीअनुसार निष्कासन गरिने कुल इकाई मध्ये १४ प्रतिशत अर्थात् १ करोड ८६ लाख इकाई कोष प्रवर्द्धक कम्पनी एनएमबी बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात् १२ लाख योजना व्यवस्थापक एनएमबी क्यापिटलका लागि छुट्याइएको छ भने लगानीकर्ताले बाँकी रहेको १० करोड २० लाख इकाई का लागि बिहीबारबाट नै आवेदन दिन सक्नेछन्।

कम्पनीका अनुसार सो योजनाको इकाई का लागि ३१ साउनभित्रमा आवेदन दिनुपर्ने तथा सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद भने ९ भदौसम्म थपिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप