काठमाडाैँ । कुमारी बैंक लिमिटेड र सल्यानको जिल्लाको कपुरकोट नगरपालिका–३, मा रहेको होटल शिरीषबीच सम्झौता भएको छ। सम्झौता अनुसार कुमारी बैंकका ग्राहकलाई होटल शिरीषबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गरिने छ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत होटेल शिरीषका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको जनाएको छ।
बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटलको सुविधा शुल्कमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ।
तपाईंको प्रतिकृया




