काठमाडौँ । कलाकार प्रदीप खड्कालाई प्रभु बैंक लिमिटेडले थप अवधिका लागि आफ्नो नो ब्राण्ड एम्बास्डरमा निरन्तरता दिने भएको छ । प्रभुका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकार खड्कालाई बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका लागि निरन्तरता दिने सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकले गत वर्षदेखि नै कलाकार खड्कालाई आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेकोमा उक्त अवधि समाप्त भएकोमा फेरि निरन्तरता दिइएको हो । श्रोता तथा दर्शकहरूको अत्यधिक रुचिमा पर्न सफल कलाकार खड्का बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका लागि नियुक्त भएपछि सर्वसाधारणमा बैंकप्रतिको विश्वसनीयतामा वृद्धि हुने अपेक्षा गरिएको छ ।
तपाईंको प्रतिकृया



