छायाँकार विदुर पाण्डेको निधन

काठमाडौँ । नेपाली फिल्मका छायाँकार विदुर पाण्डेको निधन भएको छ । पारिवारिक श्रोतका अनुसार बुधवार बिहान हृदयाघातको कारण पाण्डेको निधन भएको हो । काठमाडौँको गङ्गालाल हृदयरोग अस्पताल लैजाँदै गर्दा उनको निधन भएको बताइएको छ ।

५५ वर्षीय पाण्डे पहिलो नेपाली डिजिटल फिल्म ‘कागबेनी’का छायाँकार हुन् । लामो समय टेलिभिजन तथा म्युजिक भिडियोमा काम गरेका पाण्डे पछिल्लो समय फिल्म छायाङ्कनमा व्यस्त थिए उनले पन्ध्र सय भन्दा बढी म्युजिक भिडियोको छायाङ्कन गरेका छन् भने दर्जनौँको सङ्ख्यामा टिभी कमर्शियल, वृत्तचित्र र चलचित्रहरू छायाङ्कन गरेका छन् ।

उनले कागबेनीसहित, पण्डीत बाजेको लौरी, भुईमान्छे, जंग बहादुरको कोट, मेरो बेस्ट फ्रेण्ड, स्वर लगायतका फिल्महरू छायाङ्कन गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

म संसारकै भाग्यमानी छु झैँ लाग्छ : समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीले असफल हुँदा खुट्टा तान्ने धेरै हुने बताएकी छन् । उनले …

प्रतिकृया दिनुहॊस