काठमाडौं। कैलाश विकास बैंकले काठमाडौंको ठमेलमा शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखाको उद्घाटन राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका छन्।
उक्त शाखाबाट विदेशी मुद्रा खरीदविक्री, रेमिटेन्सलगायत अन्य अत्याधुनिक सेवा उपलब्ध हुने छ। बैंकको शाखा विस्तारसँगै एटिएम २७ पुगेको छ। बैंकको पूँजी २ अर्ब ५२ करोड छ भने निक्षेप २२ अर्ब ८६ करोड र ऋण २० अर्ब ११ करोड पुगेको छ।
तपाईंको प्रतिकृया





