काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सप्तकोसी प्रभावितको स्थानान्तरण र राहतमा खटिन निर्देशन दिएका छन् । उदयपुरको बेलका नगरपालिकाका वडा नं १, २, ८ र ९ मा सप्तकोसी नदीमा पानीको बहाव बढेर कटान शुरु गरेपछि मन्त्री खाँणले यस्तो निर्देशन दिएका हुन् ।
नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न उनले भनेका छन् । सप्तकोसीको पानीको बहावले अहिले झन्डै ५० मिटरजति जमिन कटान गरिसकेकाले नजिकै रहेका बस्तीका बासिन्दालाई अन्यत्र सार्ने काम गृहमन्त्री खाँणको निर्देशनमा सुरु भइसकेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहोराले जानकारी दिए ।
याे पनि : तटबन्ध भत्काएर बस्तीमा पस्यो सप्तकोसी, सयौँ घर जोखिममा
तपाईंको प्रतिकृया




