काठमाडाैं । म्याग्दीको मालिका गाउँपालिका स्थित रुममा गएको पहिरोमा परि ५ जनाको मृत्यु भएको छ । एकै परिवारका २ जनाको शव बिहानै भेटिएको थियो भने ३ जना बेपत्ता थिए । उनीहरूको पनि शव भेटिएको म्याग्दी प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ३७ वर्षका घामबहादुर विक, उनकी श्रीमती रामु विक, जेठो छोरा १५ वर्षका नवीन र कान्छो छोरा १३ वर्षीय राजन तथा छोरी ८ वर्षकी रोजी छन् । बिहान २ छोराको शव भेटिएको थियो ।
बिहान ५ बजेतिर पाखोबाट झरेको पहिरोले उनीहरूको घर पुरेको थियो । झरी नरोकिएका कारण सुरक्षा कर्मी त्यस ठाउँमा पुग्न मुस्किल भएको छ ।
तपाईंको प्रतिकृया




