नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडाैँ । पहिरोका कारण नारायणगढ मुग्लिन सडक गत रातिदेखि नै अवरुद्ध भएको छ । चितवनलगायत आसपासका क्षेत्रमा परेको अविरल वर्षाका कारण नारायणगढ मुग्लिन सडकमा खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।

नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका २९ केराबारी मौरी पुल नजिकै र इच्छाकामना गाउँपालिका ६ को २ र ३ नम्बर पुलको बिचमा ठूलो मात्रामा पहिरो खसेको हो । प्रहरीका अनुसार पहिरो हटाउने प्रयास भइरहेको छ ।

सडक खुलाउन मङ्गलवार बिहानैदेखि पहिरो हटाउन काम भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री