सानिमा बैंकका ग्राहकहरुले नमस्ते पे वालेटमा कारोबार गर्नसक्ने

काठमाडाैं । सानिमा बैंकका ग्राहकहरुले अब नमस्ते पे वालेटबाट कारोबार गर्नसक्ने भएको छ । ग्राहकहरुले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ्ग लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्ने बैंकले जनाएको हो ।

बैंकका अनुसार ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग एपमार्पmत फन्ड लोड गर्ने प्रणालीको पनि व्यवस्था चाँडै उपलब्ध गराइनेछ । बैंकको मोबाइल बैंकिङ्ग एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तीनवटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ ।

यसैगरी सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यस्तो कार्यहरु गर्दै जाने भन्ने विश्वास गरेको छ । सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटीएम सञ्जालहरु सञ्चालनमा छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री