एनसेलको डबल मजा प्याक : जति चलायो उति फाइदा

काठमाडाैँ । युट्युब, टिकटकलगायत सामाजिक सञ्जाल चलाउँदा छिट्टै डाटा सकिएर हैरान हुनुहुन्छ ?   डाटा सकिने सोचले सामाजिक सञ्जाल वा गेम खेल्न डराउनुभएको छैन नि? एनसेल आजियटा लिमिटेडले अब मोबाइल डाटा जति चलायो उति प्रयोगकर्तालाई फाइदा हुने अफर ल्याएको छ ।

एनसेलले छोटो अवधिको लागि एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार ७ दिनमा ५ जीबी डाटा प्रयोग गर्नेलाई एनसेल प्रयोगकर्ताले भरपूर फाइदा लिन सक्छन् ।  

एक हप्तामा प्रयोगकर्ताले १२५ पर्ने डेटा प्याक पुनः खरिद गरी आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सस्तो मूल्यमा डेटा सेवाको फाइदा लिन सक्छन् ।

प्रयोगकर्ताले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा करसहित १२५ मा खरिद गर्छन् । युट्युब, टिकटक, म्यासेन्जर, गेम खेलेर १ हप्तामा ५ जीबी सकिन्छ । उक्त ५ जीबी डाटा सकिएर नयाँ प्याक खरिद गर्दा प्रयोगकर्तालाई डबल फाइदा हुन्छ । सुरुमा १२५ मा ५ जीबी डाटा आउँछ । एक हप्ताभित्रै उही प्याक दोस्रोपटक ल्याउँदा १२५ मै १० जीबी डाटा आउँछ ।

एनसेलले प्रयोगकर्तालाई फाइदा पुग्ने गरी समयावधि सकिनुअघि नै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोहीअनुसार थपिँदै जाने यस अफरको विशेषता भएको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप