काठमाडाैँ । परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाइसकिएकाे जानकारी दिएका छन् ।
शुक्रबार संसद्मा विभिन्न बैठकहरूमा सांसदहरूले उठाएका प्रश्नहरूकाे एकमुष्ट जवाफ दिँदै भनेका छन्, ‘म जानकारी दिन चाहन्छु कि नेपाल सरकारले साउन ९ गते नै एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाइएकाे छ ।’
उनले कूटनीतिक विषय भएकाले केही समय लागेकाे स्वीकार्दै भनेका छन्, ‘हाम्राे नीतिमा सरकार प्रतिबद्ध छ । भावी दिनमा पनि याे नीतिलाई पछ्याउने छ । केही समय लाग्याे, कूटनीतिक कुरा हाे । केही समय लाग्याे । अन्तत: पत्रचार गरिएकाे छ ।’
तपाईंको प्रतिकृया




