ट्राफिक प्रहरीले गर्‍याे ट्रिपर चालकहरूकाे लागुऔषध सेवन चेकजाँच

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्रिपर चालकहरूको लागू औषध चेकजाँच गरेको छ । साउन ९ गतेबाट प्रहरीले लागू औषध सेवन गरी सवारी चलाए नचलाएको सम्बन्धमा टिएचसी किटको प्रयोगले यस्तो किसिमको जाँच गरेको हो ।

त्यस्तै, प्रहरीले हिजो राति काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल तथा बनेपाको संयुक्त टोलीले भक्तपुरको जगाते सडकमा ट्रिपर चालकहरूलाई चेकजाँच गरेको छ ।

उक्त चेकजाँचको लागि आवश्यक प्राविधिक टोली र टिएचसी किट जनस्वास्थ्य प्रयोगशाला, धुलिखेलले उपलब्ध गराएको प्रहरीले जनाएको छ । चेकजाँच कार्यलाई उपत्यका भर नै बृहतरूपमा सञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप