बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साप्ताहिक कारोबारको पाँचौ दिन आज नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो ।

तोलामा ८०० रुपैयाँले बढेपछि बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ प्रतितोला पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार ३०० कायम भएको छ । बुधबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको थियो । बुधबार छापावाल सुन ९४ हजार र तेजाबी सुन ९३ हजार ५०० मा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार १८५ रुपैयाँ प्रतितोला पुगेको छ । बुधबार भने चाँदीको मूल्य प्रतितोला १ हजार १५५ पुगेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री