संसदीय समितिको प्रश्न- एसपीपीबारे अझै अमेरिकालाई किन पत्र नपठाएको ?

काठमाडौं – संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई एसपीपीमा सहभागी हुन्नौँ भनेर अमेरिकालाई पत्र किन नपठाएको भनी सोध्ने निर्णय गरेको छ । आज बसेको समितिकाे बैठकले यो प्रश्न गर्दै परराष्ट्र र रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको हो ।

यसका साथै समितिले एसपीपीबारे आदानप्रदान भएका सबै समयका सबै डकुमेन्ट अविलम्ब पठाउन दुवै मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री