काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । प्रकाशित नतिजाअनुसार ९६३३ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन् ।
त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४१६२७ रहेको बाेर्डले जनाएकाे छ । २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थी ६९९०० रहेकाे छ भने २.४ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या ९०७५८ रहेको छ ।
बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)ले एसईईको नतिजा सार्वजनिक गरेको हाे । परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।
कसरी हेर्ने नतिजा ?
एसईई नतिजा राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकमलगायतको वेबसाइट तथा एसमएमएस र आईभीआरबाट पनि विद्यार्थीले नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

तपाईंको प्रतिकृया



