काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा माओवादी केन्द्रका नेता पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।
श्रेष्ठ निवास हात्तीवनमा बिहान भएको भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको थियो । ‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेता श्रेष्ठसँग कुराकानी भयो,’ गृहमन्त्री खाँणले भने ।
राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आजै निर्णयार्थ प्रस्तुत हुँदैछ । त्यसको केहीअघि राष्ट्रिय सभाका सदस्य श्रेष्ठसँग गृहमन्त्रीले भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तपाईंको प्रतिकृया




