ओठको कालोपनले सुन्दर देखाउँदैन । यसलाई हटाउन प्रयोग गर्न सकिने प्राकृतिक उपायहरु यस प्रकार छन् ।
गुलाबको पत्ता
ओठको कालोपन हटाउँन गुलाबको फूलको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाउनुहोस् र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाउनुहोस् र बिहान धुनुहोस् । केसर
काँचो दूधमा केसर मिसाएर पिसी ओठमा लगाउनुहोस् । यसबाट ओठको कालोपन हटछ ।
मह
महको प्रयोगले केही दिनमै ओठ चमकदार र मुलायम हुन्छ । यसका लागि थोरै महलाई आफ्नो औंलामा लिएर बिस्तारै ओठमा लगाउनुहोस् या महमा थोरै स्वाग मिसाएर ओठमा लगाउनुहोस् । दिनमा दुइपटक यो उपाय अपनाउनाले केही दिनमै असर देखिनेछ ।
चुकन्दर
चुकन्दरलाई रगत बनाउने मेसिन पनि भनिन्छ । यो ओठका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । चुकन्दरलाई काटेर त्यसको टुक्रा ओठमा लगाउनाले ओठ गुलाबी र चमकदार हुनेछ ।
अण्डा
अण्डा स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्य बढाउन पनि उपयोगी हुन्छ । यसको लेप ओठमा लगाउनाले चमक बढ्छ ।
कागती
कागतीले पनि ओठको कालोपन हटाउँछ । यसका लागि निचोरेको कागती बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउनुहोस् ।
दूधको तर
ओठको सुख्खापन हटाउन थोरै तरमा एक चिम्टी बेसार मिसाएर नियमित रुपमा मालिस गर्नुहोस् । यसले केही दिनमै ओठ मुलायम र गुलाबी भएको पाउनुहुनेछ ।
प्रतिकृया दिनुहॊस