अछाममा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौँ । अछाममा पहिरोले एउटा घर पुरिँदा तीनजनाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका-२, भुलूका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीनजनाको मृत्यु भएको हो ।

वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीकाअनुसार अमरका भाइ वीरेन्द्र, छोरा संविधान र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको छ । गएराति करिब साढे १२ बजेतिर घरमाथिबाट पहिरो खसेको उनको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप