काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले अबको एक साताभित्रै माध्यमिक शिक्षा परीक्षा (एसइई) को रिजल्ट प्रकाशित गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार अबको एक साताभित्र एसइईको नजिता प्रकाशन गर्ने तयारी भइरहेको हो ।
यसअघि असारको अन्तिम साता एसइईको नतिजा प्रकाशित गर्ने तयारी गरिएको भएपनि चुनाव लगायतका कारणले केही ढिलाइ भएको बोर्डले जनाएको छ । नजिता प्रकाशनका लागि बोर्ड आवश्यक तयारीमा लागेको छ । वैशाखमा लिइएको एसइई परीक्षामा ५ लाख १४ हजार ९ सय ६७ विद्यार्थी सहभागी रहेका थिए ।
तपाईंको प्रतिकृया




