काठमाडाैँ । बझाङमा सेती नदीले सडक कटान गर्दा यातायात ठप्प भएको छ । नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेबगरमा सडक कटान गरेपछि यातायात बन्द भएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार अहिले साना सवारी मात्रै आवतजावत भइरहेको छ । पानीको बहाव बढ्दै गएकाले सडक अझै कटान हुने अनुमान गरिएको छ । सुदूरपश्चिममा बुधबार बिहानैदेखि पानी परिरहेको छ ।
तपाईंको प्रतिकृया




