काठमाडाैँ । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई फेरि कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई दोस्रो पटक कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
उनलाई छ महिना पहिले पनि कोरोना लागेको थियो । ‘लक्षणहरू पहिलो पटकजस्तो कडा छैन । थोरै ज्वरो, कम्मर दुखाई र घाँटीमा समस्या छ । घरमै आराम गर्दैछु,’ मिश्रले भनेका छन्, ‘हिजो त मैले कसैलाई भेटिन । त्यसअघिका २ दिनमा मसँग भेट्नु भएका साथीहरूलाई विचार पुर्याउन आग्रह गर्दछु ।’
तपाईंको प्रतिकृया




