प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट अनिता विन्दु उम्मेदवार तय

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले नेपाल प्रेस युनियनको अध्यक्षमा विन्दु उम्मेदवार बनाउने भएको छ । युनियनका अध्यक्ष बद्री सिग्देलसहित समिरजंग शाह, सुरेश आचार्य, रमेश विष्ट र नवराज लम्सालको कार्यदलले आज अनिता विन्दुको नाम अध्यक्षमा टुंगो लगाएको हो ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शपछि अनितालाई अध्यक्षमा अघि बढ्न कार्यदलले सुझाएको छ । संस्थापनइतर पक्षबाट अध्यक्षमा शिव लम्साल उम्मेदवार बन्ने लगभग निश्चित छ ।

नेपाल पत्रकार महासंघको पूर्वउपाध्यक्ष समेत रहेकी अनिता हाल नेपाल टेलिभिजनमा कार्यरत छिन् । यही साउन ६ र ७ गते हेटौंडामा आयोजना हुने युनियनको नवौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री