सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको हो ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यसैगरी मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । चाँदी तोलाको ११६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री