मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । अहिले देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । आज  बिहान प्रदेश-१, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्यत बदली रहनेछ । देशभरका पहाडी भू-भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री