कामना सेवा विकास बैंकद्वारा २१औं शाखारहित बैंकिङ् सेवा सञ्चालन

काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ् सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ् सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा बिहीबारबाट इलामको रोङ गाउँपमलिका वडा नं. ६ को सलकपुरमा शाखारहित बैंकिङ् सेवा सञ्चालनमा ल्याएको हो ।

सलकपुरस्थित अधिकारी एग्रो बनानाज फुड जोनका याम प्रसाद अधिकारीलाई शाखारहित बैंकिङ् सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ६ का वडा सदस्य धिरज राईले उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका थिए ।

शाखारहित बैंकिङ्‍मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ् पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ् अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबि बैंकले मनायो सातै प्रदेशमा एमएसएमई दिवस​

काठमाडौं । ​एनएमबि बैंकले सातै प्रदेशमा एमएसएमई दिवसको मनाएको छ । अन्तर्राष्ट्रिय एमएसएमई दिवस २०२४ …

प्रतिकृया दिनुहॊस