काठमाडौँमा मध्यराति चितुवाको आक्रमण, पाँच जना घाइते

काठमाडौँ । काठमाडौँमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । गएराति साढे १ बजे नागार्जुन नगरपालिका-८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।

प्रहरीकाअनुसार स्थानीय ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको थियो । घाइते पाँचै जनाको शरिरका विभिन्न अंगमा चितुवाले चिथोरेको छ । घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप