सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

काठमाडाैँ । सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । नुहाउने क्रममा बुधबार पोखरीमा डुबेर सप्तरीको कञ्चनरुप नगरपालिका-५ की १३ वर्षीया रजनी कुमारी सदा र १४ वर्षीया सेन्द्री कुमारी सदाको ज्यान गएको हो ।

सात/आठ जना बालिकाहरू स्थानीय दीपक चौधरीको पोखरीमा नुहाउने गएको बेला रजनी र सेन्द्री पानीमा डुबेका स्थानीयले बताएका छन् ।

सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा र रजनीको कञ्चनपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको सप्तरी प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप