९४ हजारमा झर्‍यो सुनको मूल्य

काठमाडाैँ । साप्ताहिक कारोबारको चौथो दिन आज पनि नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ । बिगत केही दिनदेखि ओरालो लागिरहेको सुनको मूल्य बुधबार तोलामा २०० रुपैयाँले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार तोलामा २०० रुपैयाँले घटेपछि बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । मंगलबार छापावाल सुनको मूल्य ९४ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ प्रतितोला थियो ।

बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १७० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य १ हजार १७५ रुपैयाँ प्रतितोला थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री