महेन्द्रनगरमा प्रदर्शन जारी, १२ राउण्ड अश्रुग्यास

महेन्द्रनगर । महेन्द्रनगरमा बिहानैदेखि प्रदर्शन जारी छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै दोस्रो दिन पनि प्रदर्शन भएकाे हाे । 

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयकाे अगाडि, बजारका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् । पूर्वपश्चिम राजमार्गको सडकमा ढुंगा थुपारी, टायर बालि अवरुद्ध गरेका हुन् । साे प्रदर्शनका क्रममा भीड नियन्त्रण गर्न प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले प्रहरीलाई ढुंगा तथा पानीका बोतल प्रहार गरेपछि अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले बताएका छन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने …

प्रतिकृया दिनुहॊस