फेसबुकमा प्रधानमन्त्रीको कार्टुन सेयर गर्दा पक्राउ परे वडा सचिव

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर प्रधानमन्त्रीका बारेमा अफबाह फैल्याएको अभियोगमा एकजना सरकारी कर्मचारी  प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले भक्तपुरको सूर्यविनायक नगरपालिका-३ घर भएका अहिले काभ्रेको रोशी गाउँपालिका-५ का सचिव र नायव सुब्बा होमनाथ सिग्देललाई बबरमहलबाट पक्राउ गरी हिरासतमा लिएको वतार्इएकाे छ । 

फेसबुकमा नक्कली आइडी बनाई लक्ष्मण पराजुलीले बनाएको कार्टुन सेयर गरेर प्रधानमन्त्रीबारे अफबाह फैल्याएको अभियोग उनीमाथी लागेको छ ।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम विद्युतीयस्वरुपमा गैरकानुनी कुरा प्रकाशन गरेको अभियोगमा पक्राउ परेकाले उनीमाथि एक लाखसम्म जरिवाना र पाँच वर्षसम्म जेल सजाय हुन सक्ने छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस