काठमाडौं । गणेश कार्कीको अध्यक्षतामा रोटरी क्लब अफ पाटन हेरिटेज गठन गरिएको छ । शनिबार बसेको बैठकले कार्कीको अध्यक्षतामा आर्थिक वर्ष सन २०२२-२०२३ का लागि रोटरी क्लब अफ पाटन हेरिटेजको गठन गरिएको हो ।
बैठकमा अध्यक्ष कार्कीले सबै रोटरीयन सदस्यहरुलाई लोगो प्रदान गरेका थिए भने क्लबको आगामी कार्ययोजना क्लवले खेल्नुपर्ने भूमिका, अन्तरराष्ट्रिय रोटरी क्लबहरुसँग सम्बन्ध बिस्तार लगायत बिबिध बिषयमा छलफल गरीएको थियो ।
बैठकमा रोटरीको महत्व र आवश्यकताको बारेमा क्लव मेण्टर (गुरु) कृष्णलाल महर्जनले प्रकाश पारेका थिए । रोटरीयन बैठकका पालना गर्नुपर्ने नियम, लोगोको महत्व र आवश्यकताका बिषयमा सर्ज एट आर्मस् अध्यक्ष राजेन्द्र तण्डुकारले जानकारी दिए ।
नयाँ बोर्ड सदस्यहरुको नामावली
संस्थापक अध्यक्ष: गणेश कार्की
निर्वाचित अध्यक्ष : सोनु शाक्य
उपाध्यक्ष : डा. शर्मिला तण्डुकार
सचिव: सज्जु ब्यंजकार
कोषाध्यक्षः श्यामलाल श्रेष्ठ
प्रशासन अध्यक्ष : प्रमिला तण्डुकार
रोटरी फाउन्डेशन अध्यक्ष (TRF) अमृत कुमार प्रधान
क्लब सदस्यता अध्यक्ष : श्री लक्ष्मण महर्जन
सेवा परियोजना अध्यक्ष : रीजा मानन्धर
जनसम्पर्क अध्यक्षः मोहराज पौडेल
सर्ज एट आर्मस् अध्यक्षः : राजेन्द्र तण्डुकार
सम्पादकः प्रदीप श्रेष्ठ
मेण्टर : कृष्णलाल महर्जन





