एभरेष्ट बैंकले कर्मचारीहरुलाई वार्षिक ५० लाख रुपैयाँकाे तालिम

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गराउने भएको छ ।

एभरेष्ट बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच उक्त तालिम कार्यक्रम संचालन गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृतसंजिब सुब्बाले हस्ताक्षर गरे।

सम्झौता  पश्चात  एनबीआईले एभरेष्ट बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री