कञ्चनपुर ।१३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे वास्तविकता प्रहरीले बाहिर ल्याउन नसकेको भन्दै प्रदर्शनमा उत्रेका स्थानीय बासिन्दामाथि प्रहरीले गोली नचलाएको दाबी गरेको छ ।
प्रदर्शनकारीले कञ्चनपुर प्रहरीले आफूहरुमाथि गोली प्रहार गरेको सामाजिक सञ्चालमा उल्लेख गरेका थिए । तर कञ्चनपुर प्रहरीले भने प्रदर्शनकारीहरुमाथि गोली नचलाएको दाबी गरेको हो ।
सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।
उनीहरुले वास्तविक दोषीलाई जोगाउन मानसिक अवस्था ठिक नभएको व्यक्तिलाई सार्वजनिक गरेको भन्दै कञ्चनपुरमा स्थानीयले बिरोध प्रदर्शनमा उत्रेका छन् ।
प्रतिकृया दिनुहॊस