प्रभु बैंक र अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टरबीच छुटसम्बन्धि सम्झौता

काठमाडौँ । प्रभु बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टरबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट मानव संशाधन विभागका प्रमुख रमेश थापा र अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टरका तर्फबाट वरिष्ठ मार्केटिंग कार्यकारी अधिकृत अस्मिता पराजुलीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त डाइगोनोस्टीक सेन्टरबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहक महानुभावहरुले अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टरद्धारा सञ्चालित सम्पूर्ण प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट गरिएको छ, साथै थप डाक्टर परामर्श चाहिएमा र डाक्टरको सुझाव अनुसार गरिने प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

प्रभु बैंकका ग्राहक महानुभावहरुले ५ प्रतिशत छुट फार्मेसीबाट पाउनुहुनेछ यसका साथै रु २००० भन्दा बढीको औषधी खरीद गरेवापत ९५ कि. मि० को दुरी सम्म निस्शुल्क डेलिभरीको व्यवस्था गरिएको छ ।

उक्त सम्झौता अन्तर्गत अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टर प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टर प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री