काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको पुनः मतदान जारी छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो ।
त्यहाँ बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्य थापाले जानकारी दिए । बूढीगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।
तपाईंको प्रतिकृया




