काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न संसदीय समिति गठन भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको प्रतिनिधिसभा बैठकमा समिति गठनको प्रस्ताव गरेका हुन् ।
उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको छ । संसदीय छानबिन विशेष समिति नाम दिइएको उक्त समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव छन् ।
दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा वा बर्खास्ती माग गर्दै बैठक अवरुद्ध गर्ने बताएपछि बैठक बस्न ढिलो भएको हो । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो दुई बजेका लागि सारिएको थियो ।
तपाईंको प्रतिकृया




