काठमाडाैँ । सिन्धुलीमा आज बिहान भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । सुनकोशी गाउँपालिका- ६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
सिराहाको विष्णुपुरकट्टि-१ का अन्दाजी २९ वर्षीय बलबहादुर लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिराहाबाट भैसी बोकेर काठमाडौं आउँदै गरेको वागडमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रित भई आज बिहान सवा ५ बजे सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको थियो ।
तपाईंको प्रतिकृया



