मेरो किराना र नेपाल ग्यासबिच सम्झौता, फोन वा एसएमएस मार्फत नेपाल ग्यास घरमै

काठमाडौँ । मेरो किराना र नेपाल ग्यासबिच सम्झौताभएको छ । सम्झौता पश्चात अबदेखि नेपाल ग्यास घरमै मगाउन सकिने भएको हो । मेरो किराना नेपाल ग्यासको आधिकारिक बिक्रेता बनेको छ ।

अब उपभोक्ताले फोन, एसएमएस वा अनलाइन अडर मार्फत नेपाल ग्यास घरमै मगाउन सक्ने मेरो किरानाका सञ्चालक सागरदेव भट्टले जानकारी दिए ।

एक वर्षदेखि घरका लागि आवश्यक पर्ने दैनिक उपभोग्य समानको अनलाईन व्यापार गर्दै आएको मेरो किरानाले अब खाना पकाउने ग्यास पनि घरमै पुर्‍याउने भएको छ । लुगाफाटा तथा प्रविधिजन्य समानाहरु यसअघि पनि अनलाइनबाट किन्ने गरिएको थियो ।

अहिले काठमाडौं उपत्यकामा सेवा दिइरहेको मेरो किरानाले रिंगरोडभित्र फ्रि डेलिभरी सेवा दिएको छ। २ हजार रुपैयाँभन्दामाथिको सपिङमा रिंगरोड बाहिर पनि कुनै शुल्क लिँदैन। रिंगरोडबाहिर २ हजार रुपैयाँभन्दा कमको सपिङमा भने ५० रुपैयाँ डेलिभरी शुल्क लिने गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप