आइएमई लाइफको ब्यबसायिक कारोवार दोस्रो वर्षमा प्रवेश

काठमाडौँ ।   (आइएमई ग्रुप) । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार बिधिवतरुपमा सञ्चालन भएको एक वर्ष पुरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरि प्रथम वार्षिकोत्सब मनाएको छ ।

उक्त कार्यक्रममा सम्बोधन गर्नु हुदै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पधातर््मक उपस्थिति जनाएको बताए ।

चालु आ.व.२०७५।७६ मा समेत उल्लेख्य शाखा बिस्तार गरि सेवाग्राहीको पहँुचलाई सर्वसुलभ, छिटो छरितो सेवा पु¥याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको निति तर्जुमा गरिने र जीबन बीमा ब्यबसायमा महत्वपुर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवं उत्प्रेरक बिबिध प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने जानकारी गराए ।

त्यसै गरि कम्पनीले आगामि दिनमा सबैको लागि पहँुच हुने, लाभदायक तथा नवतिम् थप बीमा योजनाहरु ल्याइने जनाएको छ ।

कम्पनीले नियमनकारी निकाय श्री बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्र्र्िरकयाहरु पुरा गरि सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताएको छ ।

कम्पनी सञ्चालन भएको १ वर्ष भित्रनै कम्पनीको सुखद् एवम् सफलतामा सहयोग पु¥याउनु नियमनकारी निकाय श्री बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, सरोकारवाला सम्पुर्ण निकायहरु, सञ्चालक समितिका सदस्यहरु, सस्थापक शेयरधनी महानुभावहरु, कर्मचारीहरु, अभिकर्ताहरु प्रति कम्पनीले हार्दिक धन्यवाद एवम् कृतज्ञता ज्ञापन गरेको छ ।

ब्यवसाय सुचारु भएको प्रथम वर्षमा नै कम्पनीले देशका सातै प्रदेशका बिभिन्न ५० स्थानमा शाखा कार्यालयहरु स्थापना गरि बीमा सेवा पुर्याउदै आएको छ । कम्पनीले यस आर्थिाक बर्ष २०७५७।६ मा समेत ४५ शाखाहरु बिस्तार गरि बीमाको पहुँच तथा सेवामा गुणात्मक देन दिने योजना तर्जुमा गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७४।७५ मा रु. ५३.५० करोड बीमा शुल्क संकलन गर्न सफल भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप