काठमाडौं महानगरपालिकाले घरवहाल करमा हेरफेर गर्याे, १ लाख भन्दा कम भाडा आम्दानी हुनेलाई कर छुट

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरवहाल कर कम गरेकाे छ । महानगर पालिकाले घरवहाल कर २ प्रतिशत घटाएर १० प्रतिशतमा झारेको हाे । गत आर्थिक वर्षमा घरवहाल कर १२ प्रतिशत रहेकाे थियो ।

महानगरपालिकाले वार्षिक १ लाख रुपैयाँ भन्दा कम वहाल उठाउने र आम्दानीको अन्य स्रोत नभएका करदातालाई करमा छुट दिएको छ । यसबाट थाेरै अाम्दानी हुनेलाइ राहत मिल्नेछ । यसैगरी घरजग्गा कर दरमा पनि हेरफेर गरेको छ । महानगरपालिकाले गत आर्थिक वर्षमा ९ सय रुपैयाँ कर लिदै आएको थियाे । अब १० लाख रुपैयाँ बराबर १०० रुपैयाँ अर्थात १ करोड रुपैयाँमा ०.०१ प्रतिशत लिने छ ।

समान सम्पत्ति समान कर नीतिका अनुसार राजिष्ट्रेसनका आधारमा कर लगाउने नीतिलाई परिमार्जन गरिएको महानगरले जानकारी दिएकाे छ । यस्तै विभिन्न शिफारिशवापत लिदै आएको शुल्कलाई पनि खारेज गरी निशुल्क गरिएको महानगरले हामीलार्इ जानकारी दिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री