काठमाडौँ । वरिष्ठ गायिका शर्मीला बर्देवाको ‘यो मुटुको धड्कनले’ बोलको नयाँ गीतको भिडियो शनिबार सार्वजनिक गरिएको छ । गायिका बर्देवाकै च्यानल शर्मीला बर्देवा अफिसियलमार्फत दर्शकमाझ ल्याएको भिडियाको कन्सेप्ट,कोरियोग्राफी र निर्देशन प्रभु गुरुङले गरेका छन् । युकेका विभिन्न स्थानमा खिचिएको भिडियोमा मोडलद्वय सलिना थापा मगर र सरोज केसी फिचर्ड छन् ।
पछिल्लो समय उत्कृष्ट निर्देशकको थुप्रै अवार्ड जितिरहेका युके निवासी निर्देशक प्रभुले भिडियोमा प्रेम जोडीको सम्बन्धमा आउने आरोह–अबरोहलाई प्रस्तुत गरेका छन् । एसबी म्युजिक वर्ल्डको प्रस्तुति रहेको गीतको निर्माता सरोज परियार हुन् भने कल्याण सिंहको कम्पोज छ । रवि मल्लले लेखेको गीतको भिडियोको छायांकन र सम्पादन सुमन श्रेष्ठले गरेका हुन् ।
तपाईंको प्रतिकृया




