अनुगमनमा तनाव भएपछि मन्त्री र सिडिओ कालीमाटी तरकारी बजारमा

काठमाडौं । बिहान कालीमाटी तरकारी बजारमा अनुगमनका क्रममा विवाद समाधान गर्न मन्त्री र काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहितको टोली अहिले तरकारी बजारमा गएकाे छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसहितको टोली कालीमाटी तरकारी बजार गएको हाे । सोमबार बिहान तरकारी बजार अनुगमनमा गएको सरकारी टोलीलाई व्यापारीहरूले नियन्त्रणमा लिएका थिए ।
व्यापारीको नियन्त्रणमा रहेको सरकारी अनुगमन टोलीका सदस्यहरूलाई प्रहरीले उद्दार गरेको वतार्इएकाे छ ।

अनुगमन टोलीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र व्यापारी विमल ढुंगानालाई पक्राउ गरेको छ। पक्राउ परेका दुई व्यापारीलाई महानगरीय प्रहरी परिसर टेकु राखिएकाे छ।

अनुगमनमा उत्पन्न तनाव समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादव र प्रमुख जिल्ला अधिकारी आचार्य तरकारी बजार पुगेकाे स्राेतले वताएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री