भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई, समितिको कार्यालय–नमोबुद्ध न.पा. ७, काभ्रेमा अवस्थित संस्थालाई खानेपानी कार्यालय सञ्चालनको लागी सहयोग स्वरुप ११ (एघार) थान कुर्सी र १ (एक) थान टेबुल हस्तान्तरण गरेको छ ।

बैंकको भकुण्डेवेशी शाखा कार्यालयका प्रमुख विनोद गिरी ले संस्थाका अध्यक्ष उद्धव प्रसाद हुमागाँईलाई उक्त सामान हस्तान्तरण गरेका हुन् । विनोद गिरीले भकुण्डेवेशी क्षेत्रमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको लागी सहयोग गर्न पाउनु खुशीको कुरा रहेको बताएका छन् ।

उक्त कार्यक्रममा बैंकका भकुण्डेवेशी शाखाका शाखा प्रबन्धक विनोद गिरी र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तर्फबाट प्रमुख अतिथि अध्यक्ष उद्धव प्रसाद हुमागाँई र सदस्यहरु वसुनारायण श्रेष्ठ भिम कुमार मैनाली तथा अन्य सदस्यहरुसहित करिब ३५ जनाको उपस्थिति रहेको थियो । भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा हाल करिब ८०० उपभोक्ता सदस्यहरू रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस