एमडीआरटी मिटिङका लागि रिलायन्स लाइफका २ अभिकर्ता अमेरिका प्रस्थान

काठमाडाैं । मिलिनियम डलर राउण्ड टेवल(एमडीआरटी) २०२२ को वार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्स नमीता न्यौपाने एवं कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् । यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका ३ जना अभिकर्ता मध्ये २ जना अभिकर्ता रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको कम्पनीले जनाएको छ ।

बिमा क्षेत्रमा लागेको केही बर्षमै एक पछि अर्को सफलता प्राप्त गर्दै गइरहेका अभिकर्ता लिडर दुवैलाई रिलायन्स लाइफ इन्स्योरेन्सले केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी शुभकामना साथै बिदाई गरेको छ । सो कार्यक्रममा लिडर दुवैलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै राष्ट्रिय झण्डा समेत हस्तान्तरण गरिएको छ ।

आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले समग्र देश एवं उत्कृष्ट बिमा क्षेत्रको प्रतिनिधित्व गर्दै संसारभरिका उत्कृष्ट बिमा मध्यस्थकर्ताहरुको माझ उपस्थिति जनाउन गइरहेकोमा गर्व गर्दै सो कार्यक्रम तथा भ्रमण क्रममा सिकेका कुरालाई देशमा कार्यरत अन्य बिमा माझ प्रस्तुत गरेर बिमाक्षेत्रको बिकासमा योगदान दिन दुवै आग्रह गरे । बिमाकर्मी नमीता न्यौपानेले आफू सदैव बिमा क्षेत्रको बिकासमा लागिरहने बताइन् ।

रिलायन्स लाइफका अग्रणी अभिकर्ता नमीता न्यौपाने यसअघि पनि ३ पटक एमडीआरटी तथा सीओटीको रुपमा सो कार्यक्रममा छनौट भइकेकी थिइन् । अर्का अभिकर्ता कमल दाहाल दोश्रो पटक सो कार्यक्रममा छनौट भएका हुन् । सक्रिय सामाजिक अभियन्ता न्यौपाने तथा सहकारीकर्मी समेत रहेका दाहाल नेपाली बिमा क्षेत्रका उत्कृष्ट अभिकर्ता तथा धेरै बिमाकमीका प्रेरणाको स्रोत रहेको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाइफ इन्स्योरेन्सद्वारा ३४.५० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्सले आ.व. २०७९/८० को बोनस शेयर तथा नगद लाभांश वितरण गर्न …

प्रतिकृया दिनुहॊस