गायिका दिलमाया सुनार मृत भेटिइन्, एकजना पक्राउ

काठमाडाैँ । दोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत फेला परेकी छन् । उनी शनिबार पौने ११ बजे कोठामै मृत अवस्थामा फेला परेकी हुन् ।

सुर्खेत घर भएकी सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै उनले फेसबुकमा स्टाटस पनि लेखेकी थिइन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

उनको मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । प्रहरीकाअनुसार ती युवक शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको खुलेको छ ।

सुनार केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट पनि घोषित भएकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस