हलिउड अभिनेता ब्राड पिटले फिल्म क्षेत्रबाट सन्यास लिँदै

काठमाडौँ । चर्चित हलिउड अभिनेता ब्राड पिटले फिल्म क्षेत्रबाट सन्यास लिने बताएका छन् । पिटले हालसालै एक अन्तर्वार्तामा आफूले फिल्म क्षेत्रबाट सन्यास लिने योजना बनाइरहेको बताएका छन् ।

आफूले कहिलेबाट फिल्म क्षेत्र छोड्ने भन्ने निधो नगरिसकेको भए पनि त्यसको योजना भने बनाइरहेको उनले बताएका छन् । मनोरञ्जन क्षेत्रमा आफ्नो अन्तिम समय चलिरहेको बताउँदै पिटले भने, ‘यो क्षेत्रमा मेरो अन्तिम समय चलिरहेको छ । थाहा छैन त्यसपछि मैले कस्तो महसुस गर्नेछु । म ती मान्छेमध्ये हुँ जो आफ्नो कलाका कारण चिनिन्छन् । थाहा छैन, सन्यास लिएपछि कस्तो अवस्था हुनेछ ।’

हाल उनी अगस्ट ५ देखि प्रदर्शनमा आउने आफ्नो नयाँ फिल्म ‘बुलेट ट्रेन’ को प्रचारमा व्यस्त छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after