सेञ्चुरी बैंकका ग्राहकले बनेपास्थित हिमालय दृश्य रिसोर्टमा विशेष छुट पाउने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बनेपा स्थित हिमालय दृश्य रिसोर्टसँग सम्झौता गरेको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्बन्धि सम्झौता भएको हो । साे सम्झौतापत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र रिसोर्टका प्रबन्ध संचालक श्यामकाजी महतले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकले सो रिसोर्टबाट सेवा लिएबापत बैंकको डेविट कार्ड, क्रेडिट कार्ड,मोबाईल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा होटलको फुड एन्ड बेभरेज र रुम शुल्कमा १० प्रतिशत छुट पाउनेछन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री