भिरबाट लड्दा १७ वर्षीया अस्मिताको मृत्यु

काठमाडाैँ । रुकुम पश्चिममा भिरबाट लड्दा १७ वर्षीया एक किशोरीको ज्यान गएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका-१ रुँघाकी अस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर ज्यान गएको हो ।

अस्मिता आइतबार रुँघा तलिगाउँको दिव्यचक्षु स्कुल नजिकैको भिरबाट लडेकी हुन् । त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोट खलङ्गामा कक्षा ११ मा अध्ययनरत अस्मिता घरमा जम्मा भएको फोहर फाल्न गएको बेला चिप्लिएर लडेकी उनको परिवारले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस