नेपालमा भेटिए मंकीपक्सका शंकास्पद बिरामी

काठमाडौँ । नेपालमा एक जनालाई मङ्कीपक्सको आशङ्का गरिएको छ । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्कीपक्सको आशङ्का गरिएको हाे ।

अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले अहिले ती बिरामीलाई भर्ना गरेर उपचार गरिरहेको बताइन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मङ्कीपक्सको आशाङ्कामा टेकु अस्पतालमा पठाएको थियो ।

उनका अनुसार ती बिरामीलई मङ्कीपक्सको जस्तो लक्षण उच्च ज्वरो, शरीरमा फोका आउने जस्ता समस्या छ । ‘हामीले आइसोलेट गरेर ती व्यक्तिलाई उपचार गराइरहेका छौँ,’ उनले भनिन्, ‘रिपोर्ट आएपछि मङ्कीपक्स हो होइन थाहा हुन्छ ।’ बिरामी दुबई हुँदै नेपाल आएका हुन् । उनी दुबईमा वैदेशिक रोजगारका लागि गएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री